इटहरी । २०५२ सालदेखी इट्टा उत्पादन गर्दे आएको आनन्द इट्टा उद्योगले २५ औँ वर्ष पुरा गरेको अवसरमा संचालन गरेको उपहार कार्यक्रम अन्तरगत ५ सय  बढीलाइ उपहार बितरण गरेको छ ।

उद्योगको बिक्रीकेन्द्र इटहरीमा आयोजीत एक कार्यक्रमका बिच वैशाख १ गतेदेखी संचालीत नयाँ वर्षमा हात खाली नजाने उपहार कार्यक्रम मार्फत ६ सय बढीलाइ उपहार वितरण गरीसकेको जनाइएको हो । असोजसम्म संचालन हुने यस स्किम अन्तरगत हालसम्म ५ सय बढीलाइ नगद उपहार,५३ जनालाइ चाँदीको सिक्का, ८ जनालाइ फ्रिज र ८ जनालाइ टिभी वितरण गरीसकीएको संथाले जनाएको छ । न्युनतम ३ हजार इट्टा खरीद गरेबापत स्क्राच कार्ड प्रप्त हुने जसमार्फत सुन,स्कुटर,चाँदीका सीक्का,टिभी,फ्रिज साथै नगद उपहार प्राप्त गर्न सकीने प्रवधान रहेको छ ।

 सोही कार्यक्रमका बिच ३ जना विजेता उपभोक्तालाइ टिभी र फ्रीज उपलब्ध गराएको छ ।
IMG_0253 4

 विजेताहरु नरेश सरदार र विष्णु चौधरीलाइ ३२ इन्चको एलजी टिभी त्यस्तै बलराम चौधरीलाइ १९२ लिटरको सामसुङ फ्रीज प्रदान गरीएको हो ।

गुणस्तर इट्टा उत्पादन र राम्रो स्किम ल्याएकोमा उद्योगलाइ धन्यवाद ज्ञापन गर्दे फ्रिज विजेता इटहरी १२ वासी बलराम चौधरीले ग्राहक वर्गलाइ यट्टा प्रयोग गर्न पनी अनुरोध गरेका छन । 

त्यसतै अर्का विजेता इटहरी १० वासी विष्णु चौधरी आफुले स्किम मार्फत टिभी उपहार परेकोमा खुसी व्यक्त गर्छन । 

व्यापार गर्ने उद्येश्यले मात्र नभइ समाजसेवाको दृष्टिकोणले पनी उद्योग अगाडी बढीरहेको आनन्द इट्टा उद्योगका प्रबन्धक देवेन्द्र रेग्मीले जानकारी दिए । साथै उनले मठ,मन्दिर,प्रसासन लगायतका क्षेत्रमा समेत संथाले सहयोग गर्दै आएको बताएका छन । 

यस उद्योगले आनन्द इट्टा,अनन्त इट्टा र आँगन इट्टा गरी ३ ब्राण्डका इट्टा उत्पादन गर्दै आएको र प्रदेश नम्वर १ का सबै क्षेत्रमा यसको बजार बिस्तार भएको संस्थाले जनाएको छ । 

0 comments :

Post a Comment

 
Top