पुस-०१, लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

0 comments :

Post a Comment

 
Top