झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जना जेष्ठनागरिकको मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ का ८० बर्षीय देविबहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको १नम्बर प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो । मंगलवार स्थानीय मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरान लैजादै गर्दा बाटोमा नै मृत्यु भएको समेत प्रहरीले वताएको छ । जंगली हात्तीको आक्रमणबाट समय समयमा झापा, सुनसरी, उदयपुर, चितवन लगायतका जिल्लाहरुका मानिसहरुले ज्यान गुमाउदै आएका छन । यी जिल्लाहरुका जंगल क्षेत्रमा  फिरन्ते रुपमा बस्दै आएका जंगली हात्तीले यदाकदा मानिसहरुलाई आक्रमण गर्ने गरेको छ ।

0 comments :

Post a Comment

 
Top