इटहरी । चार्डपर्वहरु दिनप्रतिदिन नजिककी रहेको तर्फ मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इटहरीले हप्ताका सातै दिन बजार खुल्ला गर्न सुचना जारी गरेको छ ।  दशैं तिहार छठ लगायतका चार्डपर्वहरु नजिकी रहेको समयमा उद्योग वाणिज्य संघको नियर्ण अनुसार साप्ताहिक रुपमा विहीवार बजार बन्द गरिदै आएकोमा चार्डपर्व लक्षित भएर खुल्ला गर्न सुचना जारी गरेको हो ।  नियमित रुपमा सातै दिन काम गर्न कामदारहरुलाई समस्या हुने लगायतका कारण हप्ताको एक दिन बजार बन्द गर्ने निणर्य उद्योग वाणिज्य संघले गरे बमोजिम इटहरीमा बिहीवार बजार बन्द गरिदै आएको छ । उद्योग वाणिज्य संघ इटहरीले माइकिगं गरेर चार्डपर्व नजिकिएकाले हप्ताको सातै दिन बजार खुल्ला गर्न व्यवसायी व्यापारीहरुलाई आग्रह गरिएको छ । 

0 comments :

Post a Comment

 
Top