स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाण्डौको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।  स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको त्यो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रदर्शन गरेका हुन । प्रर्दशनका क्रममा उनीहरुले त्यो विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए ।

0 comments :

Post a Comment

 
Top