–निशान खत्री
इटहरी–१७, सुनसरी


कहानीको श्रोता थिए वाचक बनाएर गयौं किन
मायाको पालनकर्ता थिए घृणित बनाएर गयौं किन ?

एक्लो जीवनमा रमाउँदै थिए साथ दिन्छु भन्यौं किन
साथ दिन नसक्नेले बीच बगरमा छोड्यौं किन ?

प्रेम कहानीमा रमाउँदै थिए सहभागी बनायौं किन
रङ्गिन दुनियाँमा फसाईँ ब्ल्याक एण्ड वाइटमा झार्यौ किन ?

चोखो माया गर्दै थिए एकोहोरो बनायौं किन
सम्बन्ध फेर्दै हिड्ने तिमी प्रेमको नाटक रच्यौं किन ?

माया गर्न सिकाइ महल बनाउन लगायौं किन
प्रेमी फेर्दै हिड्ने तिमी देवदास बनाएर गयौं किन ?

0 comments :

Post a Comment

 
Top