श्रावण–१०, रामधुनी
नमुना नगर बाल संजाल रामधुनीको आथिर्क बर्ष २०७७÷०७८ को पहिलो मासिक बैठक आज रामधुनी नगरपालिकाको कार्यलयमा सम्पन्न भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हुन नसकेको मासिक बैठक आज नगर कार्यलयमा सम्पन्न भएको हो । नगर बाल संजाल रामधुनीले विगतका दिनमा विभिन्न क्रियाकलाप संचालन गदै आएको तर, कोरोना भाइरसका कारण कतिपय कार्य नभएकाले बाँकी रहेका कार्यक्रमलाई अबका दिनमा निरन्तरता दिने, आथिर्क बर्ष २०७७÷०७८ को बालबालिकाहरुको योजनाको बारेमा छलफल र बालमैत्री नगर बनाउनका लागी वडा बाल संञ्जालले गरेका क्रियाकलापहरु आदान प्रदान गर्नका लागि बैठक बसेको नमुना नगर बाल संजालका सल्लाहाकार अमन ढुङगेलले जानकारी दिनु भयो । शनिबार बसेको मासिक बैठकमा नगर बाल संञ्जाल रामधुनीले यो महिनामा हाइजेनिक सेनेटरी प्याड बनाउने तालिम र अनलाइन हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने र उक्त कार्यक्रम नगर बाल संजाल रामधुनीका सल्लाहाकार मनिषा पाण्डे, चन्द्रकला बुढाथोकी र अशोक श्रेष्ठको संयोजकमा संचालन हुने नमुना नगर बाल संञ्जालका अध्यक्ष मनन् खड्काले जानकारी दिनुभयो । सो बैठकको अवसरमा नगर बाल सञ्ंजालमा २ जना मनोनित सदस्य थप गरिएको छ, जसमा रामधुनी नगरपालिका वडा नं.३ का पुजन राउत र वडा नं. ५ का छविरमण दाहाल रहेका छन् । सो बैठक नमुना नगर बाल संजाल रामधुनीका अध्यक्ष मनन् खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीको समेत सहभागीता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top