बिराटनगर उपमहानगरले महिला साग फुटबलमा उपबिजेता बनेको नेपाली टोलीलाई महिला टोलीलाई  सम्मान गर्ने भएको छ । बिराटनगरमै गतबर्ष भएको महिला साफ फुटबल प्रतियोगितामा उपबिजेता बनेको नेपाली महिला टोलीलाई महानगरले ५० हजार नगद सहित सम्मान गर्न लागेको हो । बिराटनगरनगर प्रमुख भीम पराजुलीलाई खेलाडीलाई सम्मान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका प्रबक्ता किरण राईले जानकारी दिनुभयो । महानगरले यसअघि नै घोषणा गरेको नगद पुरस्कार सहित खेलाडीलाई सम्मान गर्न लागेको हो । उपबिजेता महिला टोलीलाई प्रदेश एक सरकारले पनि नगदसहित भोली सम्मान गर्नेछ । प्रदेश सरकारले भने जनही १ लाख रुपैयासहित सम्मान गर्ने प्रबक्ता राईले जानकारी दिनुभयो ।

0 comments :

Post a Comment

 
Top