एरिना टेलिभिजनले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्ड कप फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
टेलिभिजनले आज इटहरी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जानकारी गराएको हो । प्रतियोगिता यहि मङ्सिर २० गतेदेखि २७ गते सम्म संचालन हुने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिए ।
सो अवसरमा निर्देशक कार्कीले इटहरीमा पहिलोपटक आयोजना गर्न लागिएको  रात्रीकालिन पÞm्रेञ्चाइज १ नम्बर प्रदेश नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्ड कपको लागि बत्ती जडानका लागि टावर निर्माण तथा खेल मैदानको व्यवस्थापन जस्ता कुराको तयारी तीब्र रुपमा चलिरहेको समेत जानकारी दिए । उक्त प्रतियोगितामा १ नम्बर प्रदेशका छानिएका ८ वटा नगरपालिकाका टीमले प्रतिस्पर्धा गर्ने बताइएको छ । एरिना टेलिभिजनले खेलकुदको विकासका लागि समय समयमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।क्

0 comments :

Post a Comment

 
Top