मंसिर–०३
राष्ट्रिय मानव अधिकार आयोगले मानव वेचविखनमा पेरेर नेपालमा अझैपनि २ हजार तीन सय तीन बालबालिकाका हराइरहेको जनाएको छ ।

आयोगका सदस्य मोहना अन्सारीले हराएका ती बालबालिकाको अवस्था के छ, उनीहरु कहाँछन् भन्ने विषयमा अहिलेसम्म राज्यले खोजी तथा अनुसन्धान नगरेका आरोप पनि लगाउनुभयो । बाल अधिकार महासन्धी जारी भएको ३० वर्ष पूरा भएको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार हरिहरभवनमा आयोजना गरेको नेपालमा बालअधिकारको वर्तमान अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै आयोगका सदस्य अन्सारीले राजनीतिक दलहरुले नै बालअिधकार सरक्षण सम्बन्धी विभिन्न कानुन, सन्धीहरुमा हस्ताक्षर गर्ने गरेपनि तीनै राजनीतिक दलका सांसदहरुले  १८ वर्ष भन्दा मुनिका बालबालिकाले विवाह गर्न पाउनुपर्छ भनेर कानुन उङंघन हुने गरी कामहरु गरिरहेको समेत जिकिर गर्नुभयो । 
आयोगका कार्याबाहक अध्यक्ष प्रकाश वस्तीले आगामी दिनमा मानव अधिकार आयोगले नेपालमा बालसुधार गृहमा अनुसन्धान, बालविवाह नियन्त्रणका लागि जनचेताना, बालश्रमिक न्यूनीकरण कसरी गर्ने, द्धन्द्धग्रस्त बालबालिकाको अवस्था अध्ययन गर्ने लगायत काम गर्ने बताउनुभयो ।
उहाले ऐन, कानुन संशोधन, यौनदुराचारीको समस्या, स्थानीयत तहलाई क्रियाशील बनाउने, दुव्र्यसन कम गर्न अभियानको रुपमा सञ्चालन गर्ने लगायत २० वटा क्षेत्रहरुमा काम गर्ने जानकारी दिनुभयो ।।

0 comments :

Post a Comment

 
Top