प्रेम गिरी
मंगसिर–०९, दुहबी
आवाज नेपाल दुहबीको आयोेजना तथा दुहबी नगरपालिकाको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुुरुआत गरिएको छ । दुहबी नगरपालिकाको प्रवेशद्वारबाट शुुुरु गरिएकोे सो प्रभातफेरी कार्यक्रमको नेतृत्व नगर प्रमुख बेदनारायण गच्छदारले गर्नुुभएको थियो । प्रभातफेरी कार्यक्रममा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु,कर्मचारी, प्रहरी, तथा सङ्घसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बजार परिक्रमा गरी नगरपालिकामा आएर सभामा परिणत भएको थियो । सभामा बोल्नुहुँदै नगरप्रमुख गच्छदारले दुहबी नगरपालिकालाइ अपाङग मैत्रि बनाउँनकालागि घरदैलो कार्यक्रमहरु ल्याउँने तयारी गनुृकासाथै निजि क्षेत्रमा काम गर्ने महिलाहरुलाइ समान कामको समान ज्याला न दिएको गुनासो आएकोले त्यस्ता निजि कम्पनीहरुमाथी नगर र प्रदेशको सम्बन्धित निकायलाइ उजुरी हाल्न आव्हान गर्नुभयो । हरेक वर्ष मनाइँदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज ९सोमबार०देखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को आव्हानमा सुरु भएको अभियान नेपालमा २०५४ सालदेखि मनाउन थालिएको हो । महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । यो वर्षलाई अभियानको नारा समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता राखिएको छ । यही नाराका साथ अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।

0 comments :

Post a Comment

 
Top