पुष–१९, सुनसरी
बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बाल बालिकाको हक अधिकार सुनिश्चित गर्नको लागि सरोकारवालाले कस्तो भुमिका निर्वाह गनुपर्ने कुरामा छलफल भएको हो ।  बालमैत्री नगर निमार्णको लागि आचार संहिता, बालबालिकाहरुको अवस्था, बालमैत्री नगर बनाउनको लागि संघ सस्था तथा सम्पुर्ण बुद्धिजिवि लगायतले खेल्नु पर्ने भुमिकाको बारेमा बताइएको हो । कार्यक्रममा बोल्दै नगर बालमैत्री सम्पर्क व्यक्ति हर्षलाल चौधरीले जति भुमिका अविभावक, विद्यालय, समाजको हुन्छ त्यतिनै भुमिका बालबालिको हुने बताए । बालबालिकालाई बालमैत्री के हो कसरी यसमा सहभागी हुने र बाल संरक्षण कसरी गर्न सकिन्छ भनेर रामधुनी नगरपालिकाको शिक्षा प्रमुख राजन गेलालले जानकारी दिए । रामधुनी नगरपालिका वडा नं. ४ र बाल संरक्षण उप समिति लालपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । यो भन्दा अगाडि रामधुनी नगरपालिका वडा नं. २ र ५ बालमैत्री वडा घोषण भैसकेको र अब चैत्र मसान्त भित्रमा ४ नं. वडालाई पनि बालमैत्री वडा घोषणा गर्ने बताइएको छ ।

0 comments :

Post a Comment

 
Top