पौष–१०, रामधुनी

खगेन्द्र बि.क (विकास)
रामधुनी नगरपालिका वडा नं. ४ लालपुरमा सप्ताह ब्यापी पूराण बाट उठेको रकमबाट एम्बुलेन्स खरिद गरिएको छ ।
सप्तरंगी महिला समुहले २०७४ साल माघ १० गते देखि १७ गते सम्म सप्ताहब्यापी भागवत पूराण आयोजना गरेको थियो । सोहि पुराणबाट संकलीत रु १२ लाख ६५ हजार रकम मध्यबाट १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको उक्त समूहकी अध्यक्ष अप्सरा कूमारी भट्राईले बताईन । आज बिहिबार एक कार्यक्रमका बिच एम्बुलेन्सको उद्घाटन गरिएको छ । भागवत मन्जरी राधिका दाशीले उत्त एम्बुलेन्स आफै स्यमले चलाएर उद्घाटन गर्नु भएको थियो । महिलाहरुको हकहितलाई स्थापित गर्ने एद्देश्यका साथ यस सप्तरंगी महिला समुहले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको सल्हाकार गोविन्द काफ्लेले बताएका छन् । 
कार्यक्रकमा रामधुनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मनेश कुमार चौधरीले उक्त समुहलाई नगत रु १५ हजार रकम सहयोग गरेका छन् । कार्यक्रममा भागवत मन्जरी राधिका दाशीले प्रमुख आतिथ्यता गर्नु भएको थियो भने, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख राजन गेलाल, समाजसेवी, बुद्धिजिवि लगायत पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रम संचालन समुहकी सचिव निरुपा कोईराला (काफ्ले) ले गर्नु भएको थियो ।

0 comments :

Post a Comment

 
Top