चैत–३, रामधुनी 
साझा सवालकालागि साझा मञ्च (कोकन) को आयोजना तथा रामधुनी नगरपालिकाको समन्वयमा र प्लान इन्टरनेस्नल नेपालको सहकार्यमा एक दिने सामाजिक तथा धार्मिक अगुवाईहरुसंग सोमबार बालविवाह विरुद्ध अन्तरक्रिया सम्पन्न गरिएको छ । रामधुनी नगरपालिका वडा नं १ जेष्ठ नागरिकको सभाहलमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रमकोे उदेश्य बालबिवाहलाई निरुसाहित गर्नु थियो । बालबालिकालाई शिक्षामा सवल र अब्बल बनाउनु, बालविवाह गर्दा हुने समस्या र बालबिवाह मुक्त नगर निर्माण गनु रहेको थियो । सानै छु अहिले, बढ्नु छ मैले, बालबिवाह हैन पढ्नु छ पहिले,, भन्ने मुल नारा राखिएको अन्तरक्रिया कार्यक्रममा धार्मिक अगुवाईहरु तथा जेष्ठ नागरिकहरुको सहभागिता रहेको कार्यक्रम अधिकृत दयालाल चौधरीले जानकारी दिए । बालविवाह विरुद्ध गरिएको अन्तरक्रिया कार्यक्रमा मानव अधिकार संजाल, सुनसरीका अध्यक्ष रमेश भट्रार्ईले सहजीकरण गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमा रामधुनी नगरपालिकाकी उप प्रमुख सबिना चौधरीको प्रमुख आतिथ्थता रहेको थियो भने कोकन सुनसरीका कार्यक्रम अधिकृत दयालाल चौधरीको संयोजकमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीको पनि सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top