फागुन–१२, रामधुनी

साझा सवालकालागि साझा मञ्च (कोकन) को आयोजना तथा रामधुनी नगरपालिकाको समन्वयनमा र प्लान इन्टरनेस्नल नेपालको सहकार्यमा
दुई दिने सडक नाटक तालिम सम्पन्न गरिएको छ । रामधुनी नगरपालिका वडा नं ४ भिलेज रिसोर्टको सभाहलमा आयोजना गरिएको उक्त नाटकको उदेश्य बालबिवाहलाई निरुसाहित गर्नु थियो । बालबालिकालाई शिक्षामा सवल र अब्बल बनाउनु, बालविवाह गर्दा हुने समस्या र बालबिवाह मुक्त पालिका निर्माण गनु रहेको थियो । सानै छु अहिले पढ्नु छ मैले, बालबिवाह हैन पढ्नु छ पहिले,, भन्ने मुल नारा राखिएको नाटकमा १५ जनाबालबालिकाले तालिम लिएका थिए । झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई र आर्टिस्ट डाईरेक्टर सुदिप जंग कार्कीले नाटकमा सहजीकरण गर्नु भएको थियो । उक्त नाटक समापन कार्यक्रमा रामधुनी नगरपालिकाकी उप प्रमुख सबिना चौधरीको प्रमुख आतिथ्थता रहेको थियो भने कोकन सुनसरीका कार्यक्रम संयोजक हेमन्त पौडेलको अध्यक्षतामा नाटक तालिम सम्पन्न भएको थियो । कार्यक्रममा नमुना नगर बाल संजालका बर्तमान अध्यक्ष मनन् खड्का, रामधुनी नगरपालिका वडा नं.४ का बालमैत्री सम्पर्क ब्यक्ति अमन ढुङ्गेलको पनि सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top