नोवेल अस्पतालले बारम्वार चरम लापरवाही गर्दा समेत सरोकारवालाहरु किन मौन देखिन्छन रुरु नोवेल शिक्षण अस्पताललेले सिकारु डाक्टरहरुबाट उपचार गराउँदा कयौंको ज्यान गएको जन आक्रोस व्याप्त हुँदा समेत सरोकारवालाहरु मौन देखिन्छन । शिक्षण अस्पतालले सिकाउँने मात्र काम गरे धेरै नेपालीहरुको अकालमै ज्यान जाने थिएन । प्रहरी प्रशासनको आड र केहि ठुला राजनितिक दलको सर्मथनमा मान्छे मार्ने लाइसेन्स पाएको जस्तै अस्पतालको मनोमानी दिन प्रतिदिन बढदो छ । शुक्रवार दुहवीका अनिल साहलाइ नोवेल अस्पतालका सिकारु डाक्टरले लापरवाही ढंगबाट उपचार गरेकोको घुँडाको शल्यक्रिया गर्दा ज्यानै गएको थियो । माइनर अपरेशनमा ज्यान जानु भनेको चरम लापरवाहीपूर्ण कार्य हो । अपरेशन हुँनु पूर्व सामान्य अवस्थामा रहेको साहको अकल्पनिय ढंगबाट मृत्यू भएको भन्दै पुरै दुहवीवासीले आन्दोलनमा सर्मथन गरेका छन । सो अस्पतालले डक्टरलाइ कारवाहीको दायरामा ल्याएर पिडितलाइ क्षतिपूर्ति दिनु काहाँ हो काहाँ उल्टै प्रहरी प्रशासन र ठुला नेताको आडमा साहका आफन्त र दुहवीका स्थाननियहरुमाथि दमन गरेको देखियो । पिडँकलाइ कारवाही गरेर पिडितलाइ तुरन्त क्षतिपूर्ति दिनुपर्छ ।

0 comments :

Post a Comment

 
Top