आइतबार, २१ बैशाख, २०७७
नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा मात्रै आइतबार संक्रमण पुष्टि हुनेकोसंख्या १५ पुगेको छ । यसअघि वीरगञ्जमा एक जनामा पनि संक्रमण भएको थियो । यो सँगै देशभर संक्रमित हुनेको संख्या ७५ पुगेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका थिए । मन्त्रालयले जानकारी दिँदा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको थियो । डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको जानकारी पनि दिएका छन् । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।
साभार ईमेज खबर

0 comments :

Post a Comment

 
Top