मंसिर–२३, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँमा अवस्थित श्री जनता मा.वी.का कक्षा १ देखि १० सम्मका प्रथम, दोश्रो र तेस्रो स्थान हासिल गने उत्कृष्ट ३० जना छात्र र छात्राहरु त्यसै गरि बिधालयका १० जना बिपन्न परिवारका बालबालिकाहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको छ । कौशिका सामुदायिक अध्ययन केन्द्र लाफागाउँ र श्री जनता मा.वी.ले कार्यक्रममा सहयोग गरेको थियो । 

२०६८ सालमा एस.एल.सी पास गर्ने बिद्यार्थीहरुको समूहले सो कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न कुमार राई, बिशेश अतिथी वडा अध्यक्ष दुर्गाराज खड्का र सुबर्ण शमसेर काकीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो भने अतिथिमा बिद्यालयका प्र.अ. शारदा खड्का, कौशिका अध्ययन केन्द्र लाफागाउँका अध्यक्ष बिरेन्द्र खड्काको पनि उपस्थिती रहेको थियो । 

आयोजना गरिएको कार्यक्रममा जम्मा ४० जना छात्र र छात्राहरुलाई शैक्षिक सामाग्रीहरु कापी, डट्पेन, प्रमाण–पत्र सहित सम्मान गरिएको थियो ।  यता कार्यक्रममा मन्तब्य राख्दै बिद्यालयका प्र.अ.शारदा खड्काले यस्ता खालको  कार्यक्रमले सम्पुर्ण बिद्यालयका बालबालिकाहरुलाई पढ्न जोश जागर बढेर जाने र बालबालिकाहरुको चौतर्फी अधिकारमा पनि टेवा पुर्याउदै जाने कुरा खाख्नु भएको थियो । त्यसैगरि वडा अध्यक्ष दुर्गाराज खड्काले यो खालको कार्यक्रममा गर्नका लागि रौतामाई गाउँपालिकाले पनि आगामी दिनमा हुने सहयोग निरन्तर गर्ने प्रतिबद्धता साथै कार्उक्रम आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  

कौशिका सामुदायिक अध्ययन केन्द्रले बालबालिकाकाको शिक्षामा सदैव सहयोग जारी राख्ने अध्यक्ष बिरेन्द्र खड्काले बताउनु भयो । बालबालिकाहरुलाई सम्मान तथा पुरस्कार  बितरण कार्यक्रम अघिल्लो  सालमा पनि संचालक गरेको थियो र यो पटक  सहयोग गर्ने सम्पुर्ण  सहयोगीलाई धन्यवाद दिदै आगामी बर्ष पनि  कार्यक्रमलाई निरन्तरता दिने सभाध्यक्ष  समशेर कार्किले बताउनु भयो ।

0 comments :

Post a Comment

 
Top