मंगलबार, २३ बैशाख, २०७७
नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हु
नेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

0 comments :

Post a Comment

 
Top