बैशाख-२०
प्रदेश २ मा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये चारजना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । आठजनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पातालमा उपचार भइरहेको छ। संक्रमित हुनेमा पर्साका ६, रौतहटका तीन, बाराका दुई, सर्लाहीका एकजना रहेका छन् । पर्साका भेटिएका तीनजना भारतीय नागरिक हुन् । प्रदेश २ मा कोरोना संक्रमणका आशंकामा १६ जनालाई आइसोलेशन वार्डमा राखिएको छ । प्रादेशिक अस्पाताल जनकपुरमा आठ, सिमराको अस्थायी कोरोना अस्पातालमा सात, सिराहाको महेन्द्रगेनाईमा एकजनालाई आइसोलेसनमा राखिृको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आसोलेशनमा राखिएका १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ। यस प्रदेशमा अहिलेसम्म दुई हजार ३८५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । परीक्षणका लागि पठाइएका ४६५ जनाको रिर्पोट आउन बाँकी छ। अन्यको रिर्पोट नेगेटिभ आएको छ ।  यस्तै, पाँच हजार १६१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ। आरडिटी परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसलाई पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । 

0 comments :

Post a Comment

 
Top