कार्तिक– ०७, रामधुनि 
रामधुनि न.पा.को आयोजनामा बिहिबार रामधुनिको कल्पवृक्ष पार्टि प्यालेसमा नगर समुह बाल संजाल पुर्नगठन तथा बाल अधिकार सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । 

रामधुनि नमुना नगर बाल संजालकी अध्यक्ष मनिषा पाण्डेको अध्यक्षतामा र बालमेत्री स्थानिय शासन तालिमका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा रामधुनि नगरपालिकाका ९ वटा वडाका प्रत्यका वडा बाट १ जना बालक र १ जना बालिका गरि सहभागि गराईएको थियो । कार्यक्रममा बालमैत्री  स्थानीय शासन, बाल अधिकार, बालमैत्री  स्थानीय शासनका लागि आवश्यक रहने सुचकहरुको बारेमा तथा बाल क्लबका पदाधिकारीहरुको काम कर्तव्यको बारेमा जानकारी गराइएको थियो । कार्यक्रम बालमेत्री स्थानिय शासन तालिमका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेले सहजिकरण गरेको थिए । यहि कार्यक्रम मार्फत नया पदाधिकारीको चयन गरिएको छ । जसमा उमेर हद नाघेका पदाधिकारीहरुले नया कार्य समितिलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागि लिदै रामधुनि नगरवपालिकको सि.एफ.एल.जि फोकल पर्सन हर्स लाल चौधरीले चाडै नै रामधुनि नगरलाई घोषणा गर्ने बताए ।  नव निवाचित अध्यक्ष मनन खड्काले रामधुनिमा रहेका बालबालिकाहरुलाई रामधुनिमा मात्र नसमेटि प्रदेश न १ भरि हुने बालबालिकाका विभिन्न कार्यक्रममा सहभागि गराउने र रामधुनिमा रहेका बालबालिकालाई नेतृत्व तथा व्यतित्व विकास गर्न आफु लागि पर्ने र नगरभित्र हुने सम्पुर्ण क्रियाकलापमा बालबालिकालाई सहभागि गराइ अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा बाल क्लब पूर्व सदस्यहरु पूर्व सल्लाहकारहरु पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो ।

0 comments :

Post a Comment

 
Top