माघ–१८, रामघुनी
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ मा बाल अधिकार र बाल विवाह विरुद्ध जनचेतना मुलक तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । रामधुनि नगरपालिका वडा नं. ४ को सहयोग र वडा बाल संजालको आयोजनामा बाल विकास टोल लालपुरमा सो कार्यक्रम सम्पन्न भएको हो । 
केहि समय यता बाल विवाह, बाल श्रम, बाल हिसाँ जस्ता घटना बढदै गईरहेको हुदा त्यस्तो घटना फेरी नदोहोरीयोस भनि कार्यक्रम संचालन गरिएको थियो, जसमा त्यहाका बालबालिकाको अवस्था, बाल विवाह हुदा आई पर्ने समस्या अनि त्यसलाई कसरी न्यूनिकरण गरी वडालाई बालमैत्री वडा बनाउन सकिन्छ भन्ने कुरालाई विशेष मध्यनजर गरि कार्यक्रम आयोजना गरिएको रामधुनि नगरपालिका वडा नं. ४ का बालमैत्री सम्पर्क ब्यक्ति अमन ढुङगेलले जानकारी दिनु भयो ।
बालबालिकाका अधिकार खोसिनु हुदैन र बालमैत्री वडा बनाउनका लागि हामी सबै आ–आफ्नो ठाउँबाट प्रयाप्त मात्रामा बालबालिकाको हक अधिकारको कुरालाई समावेश गरि उनिहरुको अधिकार, कर्तब्य र बालबालिकालाई संरक्षणमा हामिले कुनै पनि कमि रहन नदिनुका साथै उनिहरुको तेतृत्व र ब्यक्तित्वको बोध गराई अगाडि बढाउनु पर्ने कुरामा जोड दिदै कार्यक्रम गरिएको प्रशिक्षक यादव नेपालले बताए ।
बालबालिकाले निरन्तर रुपमा जनचेतना तथा अन्र्तकृया लागयतका विभिन्न कार्यक्रम संचालन गरि समाजमा लुकेका बाल प्रतिभा अनि बालबालिकाको क्षमता लाई बालबालिका द्धारा नै प्रस्फोटन गराई निरन्तर रुपमा कार्य गरेको र रामधुनि नगरपालिका वडा नं. ४ लाई चाडै नै बालमैत्री वडा घोषणा गर्नका लागि अघि बढिरहेको कार्यक्रमका अतिथि, समाजसेवि, शिक्षक गोविन्द काफ्लेले बताए । सो कार्यक्रममा वडा नं. ४ मा रहेको अभिभावक, बालबालिका, समाजसेवि, बुद्धिजिवि, प्रहरी प्रशासन साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top