असोज–३०
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले छैटौं पटक युरोपियन ‘गोल्डन शु’ जितेका छन् । बुधबार आयोजित एक बिशेष समारोहमा मेस्सीलाई यो वर्षको गोल्डेन शु अवार्ड प्रदान गरिएको हो । युरोपियन लिगहरुमा सर्वा्धिक गोल गर्ने खेलाडीलाई गोल्डेन शु दिने चलन छ । मेस्सीले गत सिजनको ला लिगा फुटबलमा ३६ गोल गर्दै यो अवार्ड जितेका हुन् । सिजनभर ३३ गोल गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलियन एम्बाप्पेलाई ३ गोलले पछि पार्दै मेस्सीले अवार्ड उचालेका हुन् । मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै मेस्सी ६ पटक गोल्डन शु जित्ने पहिलो खेलाडी बनेका छन् । उनीभन्दा पछि पोर्चुगलका खेलाडी क्रिश्चियानो रोनाल्डोले चार पटक यो अवार्ड जितेका छन् ।

0 comments :

Post a Comment

 
Top