पौष ०२, सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ ले विहिबार बालमैत्री समिति र बाल अधिकार समितिको काम, कर्तव्य बारे अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

अभिमुखिकरण तथा अन्तरक्रिया रामधुनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा वडा बालमैत्री समितिका संयोजक हेम नारायण राजधामीको अध्यक्षतामा बक्लौरीको वडा कार्यलयमा रहेको सभाहलमा सम्पन्न भएको थियो । 

सो तलिममा वडालाई बालमैत्री कसरी बनाउने र बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकार तथा सुरक्षा का बिषयमा छलफल गरियको थियो । २ बर्ष अगाडी देखी नै बालमैत्री कार्य हरुमा काम गरेको र अब वडा लाई बाल मैत्री घोषणा गर्न लाई क्षमता बिकास तालिमको आयोजना गरिएको थिया । वडा नम्बर ६ मा बालमैत्री सम्बन्धी कार्य हरु पहिले देखी नै हुँदै आयको र बाल विवाह, बालश्रम, बालबालिका माथी हुने हिँसा सम्बन्धी सचेतना मुलक कार्यक्रम, बाल क्लब पून गठन, बालबालिकाहरुलाई नेर्तत्व तथा क्षमता विकास कार्यक्रम, बालमैत्री सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु र अनुगमन गर्ने जस्ता क्रियाकलापहरु वडाले संचालन गरिसकेको रामधुनी नगरपलिका बालमैत्री सहजकर्ता रविन ठाकुरले जानकारी दिए । 

तेस्तै रामधुनी नगरपलिका लाई प्रदेश न १ कै पहिलो बाल मैत्री नगर बनाउने तयारी गरिरहेको रामधुनी नगरपालिका वडा नम्बर ६ कि महिला सदस्य लक्ष्मी चौधरी ले जानकारी दिइन । उनका अनुसार वडा नं. ६ मा पनि बालमैत्रीका सुचकहरुमा ९० प्रतिशत काम सकिएको र आउने माघ मसान्त भित्र वडा नम्बर ६ लाई बाल मैत्री वडा घोषणा गर्ने बाताइन । 

रामधुनी नगरपालिका वडा नं. ६ वडा कार्यलयको आयोजनामा संचालन भएको अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम रामधुनी नगरपलिकाका बालमैत्री सहजकर्ता रविन ठाकुर र राज कुमार साहले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवीहरु, विद्यालयका प्रतिनिधिहरु, प्रहरी प्रशासन, अभिभावक, विभिन्न पार्टिका प्रतिनिधिहरु, बालबालिका लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top