१ फागुन २०७६ 

उदयपुरमा  एक बालिकाको हुन लागेको बालबिबाह रोकिएको छ । उदयपुर गढी गा।पा वडा नं १  लिपे मा १६ बर्षिय बालिका अनिसा मगरको सोही ठाँउको २४  बर्षीय दिनेस मगर बिच हुन लागेको विवाह रोकिएको हो । उनिहरु विच फागुन ५ गतेको लागि बिबाह तय भएको थियो । जाल्पा एकीकृत बिकास समाज उदयपुर , वडा कार्यलय ,  बाल सँरक्षण उपसमिती र स्थानिय चर्च एलोइन का पास्टर रुद्र दरलामी सहित को अगुवाइमा बाल बिबाहा रोकियको हो । फागुन ५ मा हुन लागेको  सो बिबाहा गराउन चर्चका पास्टर रुद्र दरलामी तयार नहुदा नहुदै पनि केटा केटि को जिकिर मा बिबाहा हुन लागेका थियो ।  तर सो बिबाहाको समपुर्ण तयारी पूरा भए पनि  स्थानिय बालक्लबले घटना बारे सम्बन्धीत निकायमा जानकारी गराए पछि बिबाह राकिएको हो । जाल्पा एकीकृत बिकास समाज उदयपुर का कर्मचारी  वडा कार्यलय का प्रतिनिधि र स्थानिय बाल संरक्षण उपसमिती का प्रतिनिधि हरु ले  उनिहरुलाइ बाल बिबाहाको असर कानुनी कार्बाही बारे जानकारी गराय पश्चात् उक्त बिबाहा नगर्ने सहमती दुबै पक्ष बाट भएको हो ।

0 comments :

Post a Comment

 
Top