फाल्गुन १, २०७६–रामधुनी ।
रामधुनी नगरपालिका वडा नं ९ लाई बालमैत्री वडा घोषणाका लागि बाल र्याली कार्यक्रम सम्पन्न गरिएको छ । रामधुनी नगरपालिका वडा नं ९ र वडा बाल सञ्जालको संयुक्त सहकार्यमा निकालिएको र्याली डुम्म्राको चौतारीमा कोणसभागरि सम्पन्न गरिएको थियो  ।  मिलटोल पोखरी देखि निकालिएको र्याली सितपुर, छप्कि, भलुवाइ हुदै डुम्म्रा चौतारिमा पुगेर समापन गरिएको  हो ।
आगामि फागुन १४ गते घोषणा हुन लागेको बालमैत्री वडाले बालबालिकाको हित तथा अधिकारको बिषयमा निरन्तर रुपमा काम गर्ने रामधुनी वडा न. ९ का बालमैत्री सम्कर्क व्यक्ति बिजय चौधरीले बताउनु भयो । वडाले यस अघि पनि बालबालिको क्षेत्रमा काम गर्दै आएको बताउदै उनीहरुको नेतृत्व र व्यक्तित्व बिकासमा अझ बढी टेवा पुग्ने उहाँको भनाई थियो । बालमैत्री घोषणा गर्न ३९ वटा सुचक छन जसमा एउटा सुचक थप गरि ४० वटा सुचकमा काम गरिएको पनि चौधरीले बताउनु भयो । 
रामधुनी नगरपालिकाका मेयर जय प्रकास चौधरीको प्रमुख आतिथ्थतामा भएको उक्त र्यालीको अध्यक्षता वडा नं ९ का वडाध्यक्ष घनश्या चौधरीरहेको रहेको थियो । त्यसैगरी शिक्षा शाखा प्रमुख राजन गेलाल, नमुना नगरबाल संजानका बर्तमान अध्यक्ष मनन खड्का बालमैत्री सम्पर्क ब्यक्तिहरुले सहभागिता जनाएका थिए । उक्त र्यालीमा दुईवटा समूदायिक बिद्यालयका बिद्यार्थी र ३ वटा नीजि बिद्यालयका बिद्यार्थी गरि ४ सय बिद्यार्थीकको सहभागिता रहेको थियो भने बिद्यार्थीलाई साथ दिन अभिभावक, बालअधिकारकर्मी, सामाजिक अभियन्ता लगायत बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top