माघ–२६,रामधुनी, 

सुनसरीको रामधुनी नगरपालिकाको बाल संरक्षण नीति, कार्य विधि तथा योजना निमार्ण कार्यशाला रामधुनीको कल्पवृक्ष पार्टि प्यालेशमा आज सम्पन्न भएको छ । 
प्लान नेपाल ईन्टरनेशनल नेपालको सहकार्य तथा रामधुनी नगरपालिका र साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजनामा ३ दिने कार्यशाला सम्पन्न भएको हो । 
रमाधुनी नगरपालिका भित्र बालविवाह, बालश्रम, बालबालिकाहरुको शिक्षामा पहुच नपुगेको बढि पाईएको र ती विषयहरुलाई प्रमुख समस्याहरुको बारेमा उठाई आगामि दिनमा के–के काम गर्ने भनि कार्ययोजा निर्माण गरिएको हो । बाल बिवाह गर्दा भोग्नु पर्ने जटिल समस्याका बारेमा पनि छलभएको थियो । यस्तै बालअधिकारका विषयमा भने बालबालिकाहरुलाई आफनै घरबाट बालअधिकारका विषयमा उनीहरुलाई जानकारी गराउनु पर्ने कार्यक्रममा सहभागिहरुले बताएका थिए । बालबालिकाहरुको नेतृत्व र ब्यत्तित्व विकासका लागि बालबालिकामा लगानि गरि उनिहरुको क्षमता अभिवृद्धिमा निरन्तर कार्य गर्ने र नगरलाई २०७६ सालसम्ममा बालमैत्री नगर घोषणा गर्ने योजना समेत रहेको रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौत्ररी बताउनु भयाो । 
बालअधिकारका सबै प्रकारका चुनौतीहरुको सामाधान हुने बिश्वास गर्दै बालमैत्रि स्थानिय शासनमा प्रदेशको पहिलो नगर बन्ने अपेक्षा समेत गरिएको छ । कार्यक्रममा रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी,उपप्रमुख सविना चौधरी,शिक्षाशाखा प्रमुख राजन गेलाल,नमुना नगरबाल सञ्जालका वर्तमान अध्यक्ष मनन खड्का,एक नम्बर वडादेखि ९ ओटा वडासम्मका वडाअध्यक्षहरु शिक्षक र पत्रकारहरुको सहभागिता रहेको थियो ।।

0 comments :

Post a Comment

 
Top