असोज–०८, बिरातनगर

गैर सरकारी संस्था महासंघ नेपाल १ नम्वर प्रदेश समिति तथा प्रदेश योजना आयोगको संयुक्त आयोजनामा दिगो विकास लक्ष्यको चौथो वार्षिक उत्सव बुधबार सप्तकोशी पार्टी प्यालेस बिराटनगरमा सम्पन्न भएको छ ।
दिगो विकास लक्ष्यको चौथो वार्षिक उत्सवको अवसरमा  दिगो विकास लक्ष्यको स्थानियकरण चुनौती र सम्भावना विषयक प्रदेश स्तरीय कार्यशाला छलफल कार्यक्रम बुधबार सम्पन्न भएको हो । गैर सरकारी संस्था महासंघ नेपालको दिगो विकास लक्ष्यको १७ वटा बुदाहरुलाई २०३० सम्ममा सम्पन्न गर्ने हेतुका साथ अगाडी बढि रहेका संस्थाहरु चौथो वर्षमा प्रवेश गरेकाले उक्त उत्सव मनाएको हो । गरिवीको अन्त्य, शुन्य भोकमरी, आरोग्य तथा कल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाई लगाएत दिगो विकास लक्ष्यका बुदाहरु रहेका छन् । कार्यक्रम बोल्दै गैर सरकारी संस्था महा संघ नेपालका केन्द्रिय सचिव उमेश विश्वकमाले भौतिक विकासले मात्र दिगो विकास सम्भव नहुने भएकाले भौतिक विकास निर्माण,समृद्धि  सँगै  मानविय समृद्धिलाई पनि प्रदेश सरकारले प्राथमिकतामा  राख्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलको प्रमुख आथित्यतामा तथा  गैर सरकारी संस्था महासंघ नेपाल १ नम्वर प्रदेश समितिका अध्यक्ष प्रकास अधिकारीको सभापतित्वमा दिगो विकास लक्ष्यको चौथो वार्षिक उत्सव सम्पन्न भएको हो ।  दिगो विकास लक्ष्यको विषयमा ३ दशक देखि बहस चलिरहेको भएपनि २०१२मा भएको रियो द जिनिरियोमा संयुक्त राष्ट् संघद्धारा आयोजित दिगो विकास सम्मेलनमा भएको वहशले औपचारिक रुप पाएको हो ।

0 comments :

Post a Comment

 
Top