असोज–४

दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । 
तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् । तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका छन् । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिवन्ध लगाइएको घोषणा गरेका थिए । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।।

0 comments :

Post a Comment

 
Top