सुनिल चौधरी
झुम्का,अशोज ९ । रामधुनी नगरपालिकाले लक्षित बर्ग मध्ये सबै भन्दा बढि बालबालिका तर्फ रु १ करोड १८ लाख ३० हजार बजेट बिनियोजन गरेको सार्वजानिक गरेको छ । बहुसरोकारवाला सामाजिक जवाफ देहिता मञ्च रामधुनीले शुसान र स्वस्थय क्षेत्रको प्रवद्र्धनकालागी तर्जुमा गरिएका मुख्य निति तथा कार्यक्रमहरुको बिहिवार सार्वजानिक गर्ने क्रम्मा बालबालिका तर्फ सो रकम बराबर २।३३ प्रतिशत बजेट बिनियोजन भएको जानकारी दिएका हुन् ।
लक्षित बर्गमै महिला तर्फ ०।८२ प्रतिशत रु ४१ लख ६६ हजार,बिपन्न तथा अन्य तर्फ १।३० प्रतिशत रु ६६ लाख १० हजार बिनियोजन भएको जानकारी दिएको हो । यसैगरी गत बर्षहरुमा सामाजिक जवाफ देहिताका औजारहरु भएका प्रयास र चालु बर्षमा अबलम्बन र कार्यन्वयनको पाटोमा नितिहरु तर्जुमा गरिएको सार्वजानिक गरिएको हो ।
जवाफ देहिताका औजारहरुमा नागरिक वडापत्र ब्यवस्थित, गुनासो पेटिका, सुचनाको हक, सार्वजानिक सुनुवाई, सार्वजानिक परिक्षण, सामाजिक परिक्षण,सार्वजानिक खर्चको सोध खोज सर्भेक्षण, सामुदायिक अंक पत्र,नागरिक प्रतिवेदनपत्र, बर्हिगमना अभिमत, सहभागीता मुलक योजना तर्जुमा, होर्डिङ्ग बोर्ड, अडियो नोटिस बोर्ड लगायतका औजारहरुमा चालु बर्षमा कार्यन्वयन गर्ने निर्णय गरिएको हो ।

0 comments :

Post a Comment

 
Top