असोज–४
विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको ’प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । 


काठमाडौंको नयाँ बसपार्कमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । ढोरपाटन क्लबको कोर्टमा भएको फाइनल भिडन्तमा पुलिसले आर्मीलाई २५–२२, २५–२२ र २५–२२ को सेटमा पराजित गर्यो । चोटका कारण मुख्य खेलाडी मान बहादुर श्रेष्ठबिना कोर्ट उत्रिएको आर्मीले पुलिसमाथि कुनै दबाब बनाउन सकेन् । ओपन स्पाइकर मान गत सोमबार भएको यसै फाइनलको दौरान नै घाइते भएका थिए । तर, सोमबार भएको फाइनल खेल भने वर्षाको कारण तेस्रो सेट चलिरहदा स्थगित भएको थियो । उपाधिसँगै पुलिसले ५ लाख रुपैया हात परेको छ । यस्तै पुलिसले आर्मीसँग प्रधानसेनापति कप भलिबलको फाइनल व्यहोरेको हारको बदला समेत लिएको छ । उपविजेता बनेको आर्मीले ३ लाखमा चित्त बुझायो । प्रगतिशील यूवा नेपालको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको थियो । गत सोमबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो । तेस्रो बनेको गण्डकीले १ लाख र चौथो एपीएफले ५० हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।।

0 comments :

Post a Comment

 
Top