भदौ–२२, रामधुनी

४० औ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रामधुनी नगरपालिकाले  आईतबार “वतृत्वकला प्रतियोगिता” तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रामधुनी नगरपालिको आयाजनामा माध्यमीक तथा आधारभुत तहको वतृत्वकला प्रतियोगिता श्री  जनता मा वि सिंगिया मा सम्पन्न भएको हो । रामधुनी नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक तथा सस्थागत विद्यालयका विधाथीहरुको सहभागिता रहेको प्रतियोगितामा माध्यमीक तहबाट  माउन्ट समिट ऐकेडेमीका सुरज दंगाल प्रथम, चन्द्रकमला मा.वि.का  धिरज कार्की द्धितीय, नवकीरण ऐकेडेमीकी सलिना निरौला तृत्तीय र ¥यापिड ई. स्कुलकी अनुराधा चौधरी सान्तवना भएका छन् भने  आधारभुत तहको वतृत्वकला प्रतियोगितामा यूनिक एकाडेमी झुम्काका प्रतिक रिजाल प्रथम, लक्ष्मी मेमोरीयल स्कुलका जेनिस चौधरी द्धितीय, माउण्ट समिट ई. स्कुलका सिद्धार्थ प्याकुरेल तृतिया र चन्द्रकमल मा.वि. मचैयाका ओम पौडेल सान्तवना स्थान हासिल गर्न सफल भए । प्रतियागितामा विजयी विधाथीहरुलाई  प्रमाण पत्र, शिल्ड र मेडलले पुरस्कृत गरिएको थियो । “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ दिवस मनाइएको हो ।  रामधुनी नगरपालिकको उप प्रमुख सविना कुमारी चौधरीको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको हो ।

0 comments :

Post a Comment

 
Top