असोज–३०,देवचुली

समाजमा किशोरीहरुको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रम तालिम उल्लेख्य योगदान गरेको भन्दै गण्डकी प्रदेश नवलपुरको कावसोती नगरपालिका वडा नं ११ की आशा वि.क. लाई ताईवनले समुदाय विकास अवार्ड प्रदान गरेको छ । जागृती बाल कलबकी अध्यक्ष साथै जागृती बाल तथा युवा सरोकार नेपाल कार्यक्रम बालिका सशक्तिकरण की एक किशोरी अभियान्तालाई समुदाय विकास अवार्ड ताईवनले असोज २० गते ९ अक्टोबर ६ तारिक ० सोमबार ताईवनमा आयोजित एसियन गल्र्स क्याम्पेन समारोहमा नेपालीकी किशोरी आशा वि।कलाई अवार्ड सम्मान गरेको हो । १९ वर्षीय वि।क सामान्य परिवारमा जन्मिएकी ताईवनबाट समुदाय विकास अवार्ड हासिल गर्न सफल भएकी छिन् । सानै उमेर देखि बालबालिकाको क्षेत्रमा काम गर्न मन पराउने उनी साचिँकै आज अन्तराष्ट्रिय स्तरमा पुगेर आफना कथाहरु र किशोरीहरुको सपनाहरुको बारेमा बताउन पाएकी छिन् । दलित समुदायमा साथै सामन्य परिवारमा जन्मिएको उनी यसरी ताईवनमा गई अवार्ड हासिल गर्नु कुनै सामन्य कुरा थिएन् । ताईवनमा उनले मड्डोलिया, सिरिया, ताईवनको गरि ४ देशका किशोरीहरु सँग आफना देशमा भएका किशोरीहरुको अव्स्थाका बारेमा प्रस्तुती गर्ने अवसर पाएकी थिईन् । आफु किशोरीहरुको क्षेत्रमा निरन्तरता कार्य गर्दे जाने र आगामी दिनमा किशोरीहरुको अवस्थालाई सुधार गर्ने प्रतिबद्धता समेत जनाएकी थिईन् । ताईवनमा विभिन्न देशका किशोरीहरु सँग आफना कथाहरु साटासाट गरेकी थिईन् ।
#Happy_Times

0 comments :

Post a Comment

 
Top