बैशाख ०५
नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ’पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संव्रmमण पुष्टि भएको स्वास्थ्यसचिव यादव कोइरालाले जानकारी दिए । मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो । यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले जानकारी दिएका छन् । चितवनको राप्ती नगरपालिकाका आमा–छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

0 comments :

Post a Comment

 
Top