चैत्र–३०, 
अमेरिकाको न्यूयोर्क जुन राज्य एक्लैमा कोरोना भाइरसका कारण ८ हजार ६२७ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोनाबाट न्यूयार्कमा मात्रै एक लाख ८० हजारभन्दा बढी व्यक्ति भाइरसबाट संक्रमित बनेका छन्  कोरोना भाइरसबाट संसारमा अमेरिका सबैभन्दा बढी मानिसको मृत्यु हुने देश पनि बनेको छ । यसअघि मृत्युको संख्यामा अगाडि रहँदै आएको इटालीलाई पछि पार्दै अमेरिकामा साढे २० हजारभन्दा बढीको मृत्यु भैसकेको छ । विश्वभर करिब १८ लाख संक्रमित हुँदा अमेरिका एक्लै देशमा चौथाईभन्दा बढी अर्थात् ५ लाख ३२ हजार व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।।

0 comments :

Post a Comment

 
Top