इटहरी, 
एरिना टेलिभिजनका संचालक समिर कार्कीको विवाह पार्टी (भोज) मा हुने खर्च बराबरको रकमबाट इटहरीमा रहेको बिभिन्न आश्रममा खाध्यान्न उपलब्ध गराउने भएका छन । इटहरीमा रहेका निस् सहाय बाल आश्रम र मायाघर नेपालमा अभाव खाद्यान्नको सुची तयारपारी खाद्यान्न उपलब्ध गराउने कार्कीले बताउनु भयो ।
लकडाउनको अवस्थामा सेवा आश्रमहरुमा खाद्यान्नको अभाव भैरहेको बेला कार्कीले आफ्नो विवाह पार्टीमा लाग्ने रकमबाट उक्त आश्रमहरुलाई खाद्यान्न उपलब्ध गराउने जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम नगर्न निर्णय गरिसकेको छ। सोही निर्णय बमोजिम सामाजिक दुरी कायम राखि आईतबार कार्कीको विवाह सम्पन्न भएको हो । लकडाउनमा भोज दिन नपाइने भएपछि कार्कीले भोजको रकमबराबरको खाद्यान्न निसहायबाल आश्रम र मायाघर नेपाललाई दिने निर्णय गरेको बताउनु भयो ।

0 comments :

Post a Comment

 
Top