असोज–३०
एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका रहेका छन् भने १२८ बालकको उद्धार गरिएको छ । आवाज संस्थाले आर्थिक वर्ष २०७५र०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ । त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ । संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ ।

0 comments :

Post a Comment

 
Top