असोज–१७

बेलबारी नगरपालिका वडा नं. ५ वडा बाल सञ्जालले लैङ्गिक हिंसा तथा दाइजो प्रथा विरुद्ध बाल नाटक तथा दशैको शुभकामना आदान प्रदान सँगै साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । 
दशैको विशेष अवसर पारेर यस क्लबले समाजमा हुने विभिन्न प्रकारका हिंसा तथा दुव्यवहारबाट कसरी सावधानी अपनाउने र  यस्ता हिंसालाई कसरी निर्मुल पार्न सकिन्छ भनेर नाटक मार्फत प्रस्तुत गरेका थिए । दाइजो प्रथा, बाल विवाह, लैङ्गिक हिंसा, मानवीय दुरव्यवहार, बाल शोसन, शिक्षा लगायतका विषयलाई समेटेर नाटक प्रस्तुत गरेका थिए । कसेनी बजार बेलबारी ५ मा भएको उक्त कार्यक्रममा गाउँ, टोलका बालबालिकाहरु, बालक्लब सञ्जालहरु सरोकारवालाहरु सघं सस्थाहरु बाल क्लबका पूर्व सदस्यहरु बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । बेलबारी नगरपालिका वडा नं. ५ वडा बाल सञ्जालको आयोजना र बेलबारी नगरपालिका वडा नं. ५ को कार्यलयको सहयोगमा सम्पन्न भएको कार्यक्रममा वडा ५ बाल सञ्जालकी अध्यक्ष कमला गिरीको सभापतित्व तथा बेलबारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विश्व बन्धु बस्नेतको प्रमुख आथित्यता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै बस्नेतले समाजलाई बालमैत्री बनाउन शिक्षा स्वास्थ्य, खेलकुद र बालबालिकाहरुलाई विभिन्न कार्यक्रममा सहभागि गराई उनीहरुमा रहेको प्रतिभालाई उजागर गर्नुका साथै नेतृत्व र व्यतित्व विकासको लागि सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा २०० जनाको सहभागिता रहेको आयोजकले जानकारी दिए ।

0 comments :

Post a Comment

 
Top