असोज–३०,दुहबी

दुहबीको होटलमा मजदुरको बेहाल भएको पाइनुकासाथै बाल मजदुरप्रयोग भएको खुलासा भएको छ ।
सुनसरीको दुहबी नगर पालिका ३ स्थित कोशी राजमार्गको छेउमा रहेका पर्शुराम होटलका कामदार ताप्लेजुङ धर भएका अर्जुन चापागाईंका अनुसार आफु लाई श्रम सोशण गरेको र सो होटेलमा बाल मजदुर प्रयोग गरेको खुलासा गरेका छन । डेढ महिना अगाडी सो होटेलमा काम गरेको सो होटेलले महिनाको पारिश्रमिक रु ७००० मात्र दिएकोले उक्त पारिश्रमिकबाट आफु र आफ्नो परिवारको जिविका चलाउन कठिनाई भए पछि पटक–पटक होटेल सन्चालक सँग तलब बढाउन आग्रह गर्दा पनि नमाने पछि आफु काम छोडने भने पछि सोमबार राती १० बजे काम बाट कोठा फर्किदा सन्चालकले कोठामा ताल्चा लगादिएको उनि बताउछन । सो कोठामा ताल्चा लगाइदिएपछि दुई छोरा छोरि श्रीमती सहित राति १२ बजे सम्म दुई घन्टा चिसोमा कोठा बाहिर बस्न बाध्य भएको उनले दुखेसो पोखे । पछि एक स्थानिय को सहयोगमा आफुहरु लाई उद्धार गरेको समेत उनले बताए । उनका अनुसार सो होटेलमा बाल मजदुर हरु प्रयोग गरिरहेको उनको दाबि छ । दुहबीका केही होटेल तथा पसलहरुमा श्रम सोशण गरिनुका साथै बाल मजदुरहरु प्रयोग भईरहदा पनि बाल अधिकार कर्मिहरु बेखबर रहेको जनगुनासो छ ।

0 comments :

Post a Comment

 
Top