कार्तिक–२

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत आज र भोली देशभरका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै स्थानीय तहमा २ दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि, ६ महिनादेखि दुई वर्ष्भित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा आवश्यक स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

0 comments :

Post a Comment

 
Top