असोज–३०
नगर बालसंजाल सुनवल नवलपरासी द्वारा प्रदेश स्तरीय बाल संजाल गठन र बालमैत्री प्रदेश निर्माणको लागि आवश्यक पहलको लागि अनुरोध गर्दै प्रदेश न. ५ का माननीय सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई नगर बालसंजाल सुनवलका अध्यक्ष कृष्ण घिमिरे द्वारा पत्र हस्तान्तरण गरिएको छ । सुनवल नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ती चुरामणी नेपाल , सल्लाहकार समीर परियार र संजालकि सदस्य सबिना तिमिल्सिनाको सामुहिक उपस्थितमा पत्र हस्तान्तरण गरिएको हो ।
सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नगर बाल संजालको यस्तो सकृयता र प्रदेश स्तरीय बाल संजालको कुरालाई उठानको लागि धन्यवाद दिए । बरालले अगामि दिनमा मन्त्रालयले गर्ने कार्यक्रमको बारेमा बताउदै साथ,सहयोग र सकृय भएर अघी बढ्न बाल संजाललाई अनुरोध गरे । बरालले भने,’तिहार लगतै बालबालिकाको क्षेत्रमा हामीले योजना अनुसार कामलाई अघी लैजाने छौ । नगर घोषणा पश्चात् नेपाल बालमैत्री राष्ट्र घोषण गर्ने लक्ष्य राखी काम अगाडि बढिरहेको छ’ । सुनवलका बालमैत्रि सम्पर्क व्यक्ति चुरनमणि नेपालले राष्ट्र पुर्ण संरचना पछि साविकको रामनगर गाविस र हालको वडा न। ११,१२ र १३ लाई घोषण गरि नयाँ संरचनाको लागि २०७५ भाद्र ३ गते पहिलो नगरपालिकाको रुपमा पुर्ण घोषणा भएको बताए ।
बालअधिकार कर्मी समीर परियार भन्छन,’राष्ट्रलाई बालमैत्रि बनाउनु अघी हामीले हाम्रो प्रदेशलाई नेपालको पहिलो बालमैत्रि प्रदेश बनाउने र बालमैत्रि प्रदेश बनाउन बाल अधिकार परिषद्, प्रदेश बाल संजालको आवश्यक परेकोले उनिहरुको सक्दो साथ र सहयोग खाँचो रहेको छ’ । बालमैत्रि प्रदेश निर्माण भए बालिकाहरूले सुरक्षाको अनुभूति गने छन् संजालकि सदस्य आशिका गैरेले बताईन ।
साभार (A2Zसमाचार.com)

0 comments :

Post a Comment

 
Top