असोज–२२
सुनसरीको इटहरी १७ पकलीमा मगलबार बिभत्स हत्या भएको खुलासा भएको छ । आज दशैको टिकाकै दिन दिउँसो २ः०० बजे नाबालिका छोरी र श्रीमतीलाई हत्यागरी राजेश शर्माले स्वयम आफु पनि झुण्डिएर आत्महत्या गरेको खुलासा भएको हो । 

३५ बर्षिय शर्मा घरकै कोठामा झुण्डिएर आत्महत्या गरेको पाइएको छ । यता श्रिमतिलाई हत्यागरी बक्सा भित्र राखिएको अवस्थामा फेला परेको छ । ५ बर्षिय छोरीलाई हत्यागरी बोरामा राखिएको अवस्थामा भेटिएको छ । श्रिमतिलाई हत्यार प्रयोगगरी हत्या गरेको देखिएको छ भने नाबालिका छोरीको टाउँको बटारेको अवस्थामा बोराभित्र राखिएको फेला परेको हो । शर्माको एक जेठा छोरा र दुई छोरी छन् । ११ बर्षिय छोरा र जेठि छोरी सकुशल नै रहेको स्थानियहरुले बताएका छन् । छोरी र श्रिमतिलाई हत्यागरी शर्मा झुण्डिएको अवस्थामा हुदा उनको भाईले त्याहाबाट फुकाएर नजिकै मेडिकलमा लादा घटनाबारे थाहा पाएको स्थानियहरुको भनाई छ । पकली चौक देखि सय मिटर उत्तर जदपुर जाने बाटो छेउकै घरमा घटना भएको हो ।

0 comments :

Post a Comment

 
Top