जी. आर. ई परिवारको हिन्दू धर्मावलम्बी हरुको महान चाड विजया दशमी २०७७को विशेष भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम हुँदै ।

हिन्दू हरुको महान चाड बडा दशैं हर्षोल्लासको पर्व हो  असत्यमाथि सत्यको जितको प्रतीक हो । भगवान रामले रावणलाई पराजित गरेका तथा माता दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा विजय दशमी मनाइन्छ ।

ग्रीन रेन्जर अर्थले आउदै गरेको दशैँलाई मध्यनजर गर्दै , " ग्रीन रेन्जर अर्थ, दशैँ विशेष कार्यक्रम २०७७" भर्चुअल रूपमा मिति २०७७/७/५ गते मंगलबार राती ८:३० बजे आयोजना गर्ने भएको छ । ग्रीन रेन्जर अर्थ वातवरण संरक्षणका लागि काम गर्ने प्रकृतिप्रेमी युवाहरुको बैधानिक समूह हो । देशका विभिन्न स्थानमा यसका १३ वटा शाखाहरू छन् । स्थापना कालदेखि नै वातावरणको लागि विभिन्न कार्यक्रम गर्दै आएको र विभिन्न दीर्घकालीन लक्ष तथा योजना हरु बोकेर अगि बढेको समूह हो जी. आर. ई ।  स्थापना कालको छोटो समयमै थुप्रै कार्यहरू गरेको छ ।

सुभकामना आदानप्रदान साथै मनोरञ्जनात्मक कार्यक्रममा प्रत्येक जी. आर. ई च्याप्टर बाट केही विशेष प्रस्तुती हुनेछ। सायरी, गजल, कविता, गीत , नृत्य,कथा, चुट्किला जस्ता मनोरञ्जनात्मक प्रतिभा सुन्न पाइनेछ। सधैं वातावरणका लागि  काममा खट्ने जोशीला युवाहरुको टिमलाई कामको अलावा मनोरञ्जनको आवश्यकतालाई बुझेर दशैंको अवसरमा विशेष कार्यक्रम गर्ने बताएका छन्। रमाइलो खेलहरु  र मनोरञ्जन का लागि विशेष व्यक्तित्त्व हरु लाई निमन्त्रणा गरिएको कुरा जी. आर. ईका एक्जक्युटीभ हेड आशिष लामिछाने ज्यूले जानकारी दिनुभयो । यस वर्षको दशैं घरमै बसेर उच्च सतर्कताका साथ आफू सुरक्षित भई मनाउन आग्रह गरेका छन् । यस वर्षको दशैंमा दुर्गा माताले कोभिड लाई जित्ने शक्ति दिउन तथा सम्पूर्ण टीमलाई आफ्नो कार्यमा थप उर्जाका साथ हरेक क्षेत्रमा सफलता मिलोस् भन्ने कामना गर्नु भएको छ ।

कार्यक्रमका आकर्षण यसप्रकार छन् । गायक रवि रिमाल, अमृत लामिछाने, किरण न्यौपाने, अबिर सुनार, अभिषेक आचार्यको विशेष सांगीतिक प्रस्तुति रहनेछ । कोभिडको महामारीको अवस्थामा भर्चुअल कार्यक्रमको आयोजना हुनेभएको छ । कार्यक्रमले काममा थप उर्जा दिने तथा टिमहरू बीच आत्मीयता बढाउने तथा उनीहरूमा भएका प्रतिभाहरू थप निखारिने विश्वास आयोजकको छ ।

0 comments :

Post a Comment

 
Top