अपागंता भएका बालबालिकाहरुलाई  उपचार सेवा प्रदान गर्दै आएको इटहरीमा  रहेको अपागं वाल अस्पताल तथा पुनस्र्थापन केन्द्रले वालवालिकाहरुलाई कृतिम अगं समेत उपलव्ध गराउन थालेको छ । 

अपागंता भएका बालवालिकाहरुलाई उपचार सेवा प्रदान गर्दै आएको अपागं वाल अस्पताल इटहरीले यस अघि कृतिम अंगका लागि बनेपा पठाउदै आएको थियो भने अव देखि इटहरीबाट कृतिम अगं उपलव्ध गराउने भएको हो । प्रदेस नम्बर १ का सबै जिल्लामा अपागंता भएका बालवालिकाहरुका लागि शिविर सञ्चालन गरि उपचार सेवा प्रदान गर्दै आएकोमा कोरोना कहरका कारण शिविर सञ्चालन गर्न नसकिएको अस्पतालको भवन निर्माण समितिका अध्यक्ष दिनेश रसाइलीले वताए । अहिलेको समयलाई मध्यनजर गरि उपचार तथा कृतिम अगं आवश्यक पर्ने वालवालिकाहरुलाई इटहरीमा रहेको अस्पतालबाट सेवा दिन थालेको समेत अध्यक्ष रसाइलीले जानकारी दिए ।

अपागंता भएका १८ वर्ष मुनिका बालबालिकाहरुलाई सेवा दिदै आएको अस्पतालले प्रदेस नम्बर १ का विभिन्न जिल्लामा पुगेर हाडजोर्नी विशेषज्ञ सहितको सेवा दिदै आएको अस्पतालका इञ्चार्ज मदुसुन अधिकारीले वताए । उनले वार्षिक रुपमा ६० जना सम्मको अप्रेसन तथा ३सय सम्म वालवालिकाहरुलाई कृतिम अगं आवश्यक पर्ने गरेको पाइएको जानकारी दिए ।

हात ,खुटा , पौतालाको समस्या भएका तथा आगोले पोलेर छाला टाँसिने जस्ता समस्याको उपचार तथा कृतिम अगं , सहयोग सामाग्रीका लागि अपागं बाल अस्पताल तथा पुनर स्थापना केन्द्र बनेपाको प्राविधिक सहयोगमा हुदै आएकोमा अव देखि इटहरीबाटै उपलव्ध हुने भएको छ ।।

0 comments :

Post a Comment

 
Top