उदयपुर, -रौतामाई गा पा ३ लाफागाउँ  बेलबोटे टोलमा जाल्पा एकीकृत  बिकास समाज उदयपुरका कर्मचारी  बिरेन्द्र खड्काले बिपन्न परिवारका ४ बालकहरुलाई शैक्षिक  सामाग्रीहरु बितरण गरेका छन । उनले आफ्नो जन्म दिनको दिन बैशाख  ८ गते नै उक्त सामाग्रीहरु बितरण गर्ने भएपनी कोरना महमारिको कारण सामाजिक  दुरि कायम  गरि आज बितरण गरिएको हो । बेलबोटेका नरमान भुजेल का ४ छोरा हरु टेक ब भुजेल , ध्यान ब भुजेल,सुमन भुजेल र तिलक भुजेललाई  १र१ जोर स्कुल ड्रेस  ४दर्जन कापि   र ४०  वटा डट्पेन  बितरण गरिएको छ । उक्त बितरण कार्यक्रम  मा वडा सदस्य  पुर्ण  बहादुर कार्कीको पनि उपस्थिती रहेको थियो । ४ जनै बालकहरु बिरेन्द्र खड्का र मनिमाया मगरको अग्रसरतामा  ४ बर्ष अधि  बिद्यालय भर्ना  गरिएको थियो । नरमान भुजेलका ४ जना छोरा हरु नियमित  बिधालय  जाने र अक्षर  चिनेकोमा नरमान खुशी छन , अब उनिहरुलाई माध्यमिक  तह सम्म मेहनत गरेर पढाउने उनी बताउछन् ।

बिरेन्द्र खड्का आफ्नो  समुदायको  बिद्यालय  बाहिर रहेका बालबालिकाहरुलाई  बिधालय  ल्याउने अभियानमा लागेका छन, उनिले हाल सम्म १० जनालाई बिधालय  ल्याउन पहल गरेका छन ।  साथै आफ्नो समुदायको कुनै पनि बालबालिकाहरु अक्षर  चिन्न बाट बन्चित  नहुन भन्ने उनको लक्ष्य  रहेको छ । बिरेन्द्र खड्का  श्री  कौशिका सामुदायिक  अध्ययन  केन्द्र लफागाउको अध्यक्ष र नेपाल युवा परिषद   जिल्ला  शाखा उदयपुरको  संयोजक पनि हुन ।

0 comments :

Post a Comment

 
Top