असोज–२०, शैशव मञ्च नेपालको प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखन तथा वाचन प्रतियोगिता समापन समारोह साथै छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शैशव मञ्च नेपालको आयोजनामा सस्टेनिबिलिटी वीक काठमाडौँ , लालपरी अभियान साथै तेह्रथुम युवा तथा बाल सञ्जालको सहकार्यमा बाल दिवसको दिन भएको बर्बर सप्तरी घटनालाई प्रसङ्ग बनाई उक्त प्रतियोगिता समापन समारोह सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि २ न।प्रदेशका मुख्य मन्त्री मोहम्मद लालबाबु राउतको भिडियो सन्देश मार्फत भर्चुअल उपस्थिति रहेको थियो । उक्त भिडियो मार्फत राउतले बाल दिवसको दिन आफ्नो प्रदेशको सप्तरी जिल्लामा भएको बलात्कारको घटनाले आफू र समस्त २ न। प्रदेश आहात भएको जनाउँदै मृतक किशोरी प्रति समवेदना व्यक्त गरे। साथै पिडितको पक्षमा सरकार रहेको उल्लेख गर्दै प्रहरी(प्रशासन प्रदेश मातहत नरहेपनि बलात्कार गर्नेलाई उचित कानुनी दण्ड दिन प्रदेश सरकारले कानुनी माहान्यायधिवक्ता मार्फत तत्काल कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिए। मन्तव्यमा राउतले तिनै तहकै सरकार बलात्कार विरूद्ध एकजुट हुँदै, समाजमा रहेका आपराधिक मानसिकता भएका व्यक्तिले घटना घटाउने गरेको भन्दै नेपालको संविधान संशोधन गरेर नै भएपनि बलात्कारीलाई सजाय स्वरुप झुण्ड्याउनु पर्ने कुरामा समेत जोड दिए।अन्तमा उनले शैशव मञ्च नेपालले गरेको यो कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जान शुभकामना दिए । 

कार्यक्रममा विशिष्ट अतिथि राजविराज नगरपालिकाकी उप( प्रमुख साधना झाले नेपालमा बलात्कार विरूद्वको कानुन भए पनि कार्यान्वयन पक्ष फितलो रहेको र पिडक खुलमखुल्ला समाजमा हिँडिरहेको तर पिडितले समाजमा खुलस्त जिउन समेत समस्या रहेको कुरा व्यक्त गर्दै अब स्थानिय तहले नै सचेतना मूलक कार्यक्रम गरि बलात्कार विरूद्धमा सबै एकजुट हुन अपिल गरीन्। सप्तरी घटनाको दोषीलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाइरहेको र पिडित र प्रहरीसगँ आफू स्वयंले छलफल समेत गरिरहेको बताइन्।

कार्यक्रममा विशेष अतिथि बाल तथा युवा अभियान्ता ग्लोकल टिन हिरो( २०१५ विपना शर्माले नेपालमा बलात्कार विरुद्धको कानुनी व्यवस्था बारे प्रकाश पार्दै कानुन भए तापनि घटनाको राजनीतिकरण हुने गरेको कारणले पिडितले न्याय पाउन मुस्किल रहेकोमा दुस्ख व्यक्त गरिन् ।साथै फरक प्रसङ्गमा नेपालको संविधान र नेपालले हस्ताक्षर गरेकोे अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नेपाल मृत्युुदण्डको विपक्षमा भएको कारण मृत्युदण्ड नै समस्याको समाधान नभई समाजिक व्यवहार र दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औंल्याउँदै शैशव मञ्च नेपालले गरेको यो कार्यक्रम आफैंमा अनुकरणीय उदाहरण रहेको बताइन्। 

कार्यक्रममा शैशव मञ्च नेपालकी केन्द्रीय कोषाध्यक्ष कोपिला गिरिको स्वागत मन्तव्य दिएकी थिइन् भनेमञ्चकी केन्द्रीय सदस्य दिपा पौडेले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् । त्यस्तै शैशव मञ्च नेपालका बागमती प्रदेश प्रमुख सुजन सापकोटा तथा २न। प्रदेश सप्तरी जिल्ला प्रतिनिधि अनिशा ठाकुरले संस्थाको तर्फ बाट मन्तव्य राखेका थिए । 

प्रतियोगिताको अन्तिम नतिजा निर्णायकमण्डलका संयोजक रविन नेवाङ्गले सार्वजनिक गरेका थिए। 

प्रतियोगितामा दोलाखाकी करूणा चौंलागाई तृतीय , काभ्रेपलान्चोककी तारा तमाङ्ग द्वितीय र धनुषाकी शिल्पा यादव प्रथम भएका छन्। प्रतियोगितामा सहभागीहरूले भिडियोमार्फत पत्र पठाइ सहभागिता जनाएका थिए। विजयी प्रतियोगीहरुलाई नगद तथा प्रमाणपत्र र सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको छ।

कार्यक्रम शैशव मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिवस कार्कीको अध्यक्षतामा सम्पन भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष कार्कीले बालबालिका अन्यायमा पर्दा शैशव मञ्च नेपालले आवाज उठाएर बालबालिकाको संविधानमा उल्लेख गरिएका हक अधिकार प्रत्याभूत गराउन कार्य गरेको र आगामी दिनहरुमा पनि यस्ता बालबालिकाका हक अधिकारसम्बन्धी कार्यहरुका निम्ति शैशव मञ्च नेपाल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो बर्बर बलात्कारको घटना विरूद्व आवाज उठाउन सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध पनि गर्दै कार्यक्रम समापन गरेका थिए ।

देशका विभिन्न जिल्लाका बालबालिका, महिला अधिकारकर्मी, युवा अभियान्ताहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालनको जिम्मा भने शैशव मञ्च नेपालका केन्द्रीय प्रवक्ताले लिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको श्रव्यदृश्य संस्थालाई उपलब्ध गराउन सहयोग गर्ने ज्योति साह, कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने तेह्रथुम युवा तथा बाल सञ्जाल , सस्टेनिबिलिटी वीक काठमाडौँ र लालपरी अभियान लगायत सम्पूर्णलाई शैशव मञ्च नेपालले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ।

1 comments :

  1. The company presents extensive range|a variety} of 3D printers with decreased cost and increased velocity to market. It ensures Garage Heaters accuracy and repeatability in producing extremely precise components. At Protolabs, additive manufacturing is designed for functional prototypes, complex designs, and manufacturing parts inside a day. Second, other major challenges in manufacturing embrace a comparatively sluggish printing velocity, a limited product size in printer, product components meeting administration, materials availability and their property limitation.

    ReplyDelete

 
Top