असोज २५, पथरी, लकडाउनका बिच आयोजना गरिएको पिएल टिभी एचडी मेघा स्टार अनलाइन सिङ्गीङ प्रतियोगिताको उपाधी टेकेन्द्र गुरुङले हात पारेका छन् । अनलाइनबाट आयोजना गरिएको रियालीटी सो को शनिबार भएको ग्राण्ड फिनालेमा मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्रले उपाधी हात पारेका हुन् ।

देशभर र विदेशमा समेत रहेका २ सय बढि सहभागीहरुलाई पछि पार्दै गुरुङले उपाधी जितेका हुन् । गुरुङले उपाधीसंगै नगद १५ हजार, ट्रफि, प्रमाण–पत्र साथमा १ वटा गीत रेकर्डिङ, १ वटा म्युजिक भिडियो समेत गर्न पाउने भएका छन् ।

प्रतियोगिताको निर्णय गाएक तथा संगीतकार कृष्ण योन्जन, रविन कन्दङ्वा र महेश ज्ञावलीले गरेका हुन् । विभिन्न विधामा गएकी भएका, सुमधुर स्वरका धनीहरुलाई टप ५ मा छनोट गरेर ती मध्ये पनि १ जना उत्कृष्ट गाएक स्वरका धनीलाई विजेता घोषणा गरिएको निर्णयक कृष्ण योन्जनले बताए ।

यसअघि कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले पथरी शनिश्चरेलाई चिनाउनका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु हुनुपर्ने बताउनुभयो । महामारीका बिचमा पनि प्रविधिको प्रयोगबाट गरिएको कार्यक्रम अत्यन्तै राम्रो रहेको र महामारीको समय भएकाले सबैले सतर्क भएर रहन पनि राईले सुझउनुभयो ।

ठुलो संख्यामा दर्शक माझमा गर्नुपर्ने ग्राण्ड फिनाले विषम परिस्थितीका कारण कोठामा नै गर्न बाध्य भएको पिएलटिभीका प्रबन्धक अनुप योन्जनले बताए । कार्यक्रम पिसल्याम्प इन्टरटेनमेन्टको ब्यानरमा, मोरङको पथरी शनिश्चरेमा गरिएको थियो ।

0 comments :

Post a Comment

 
Top