सुनसरी, “बालबालिकाका लागि शैशव” भन्ने आदर्श वाक्यका साथ बालबालिकाहरुद्धारा बालबालिकाको क्षेत्रमा विद्यमान विकृति, विसङ्गती र समस्याहरु न्यूनिकरण गर्ने साथै बालमैत्री नेपालको परिकल्पना गर्नका लागि स्थापना भएको शैशव मञ्च नेपालले विगतका दिनहरु दखिनै  विभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ । 

यस्तै क्रममा १ नं. प्रदेशमा रहेका जिल्ला प्रतिनिधि छान्ने क्रम जारीरहेको छ । जिल्ला प्रतिनिधिहरु एउटा जिल्ला बाट २ जना (बालक र बालिका) छनोट गर्नु पर्ने तर, अहिले केहि जिल्ला बाट २ जना छनोट भएका छन् भने केहि जिल्लाबाट भने छनोट गर्ने प्रक्रिया बाकि रहेको समितिका अध्यक्ष दिवस कार्कीले जानकारी दिएका छन् ।

हाल सम्म जिल्ला प्रतिनिधिहरु छानिने क्रममा सुनसरी प्रतिनिधि सुगम झा, झापा प्रतिनिधि सुस्मिता कार्की, खोटाङ्ग प्रतिनिधि नवराज आचार्य, भोजपुर प्रतिनिधि लक्ष्मी श्रेष्ठ, ताप्लेजुङ्ग प्रतिनिधि दिक्षा पौडेल, ओखलढुङ्गा प्रतिनिधि प्रत्युस लगुन, पाचँथर प्रतिनिधि जुना न्यौपाने, धनकुट्टा प्रतिनिधि आदर्श ओझा, झापा प्रतिनिधि टिकाराम बास्तोला, तेह्रथुम प्रतिनिधि बबिता तिम्सिना, मोरङ्ग प्रतिनिधि पुजा न्यौपाने, संखुवासभा प्रतिनिधि प्रदिप बस्नेत, ईलाम प्रतिनिधि अनिस राई, उदयपुर प्रतिनिधि कृजला ढकाल, मोेरङ्ग प्रतिनिधि दिलिप बस्नेत, पाचँथर प्रतिनिधि सुमन ढकाल, भोजपुर प्रतिनिधि राष्ट्र राई, ताप्लेजुङ्ग प्रतिनिधि युवराज राई, धनकुट्टा प्रतिनिधि मनिषा खनाल र सोलुखुम्बु प्रतिनिधि सुमिना खुलुङ्ग छानिएका छन् । 

छनोट प्रक्रिया भर्चुअल मिटिङ्ग माफत अन्र्तवार्ताद्धार गरिएको थियो । उक्त भर्चुअल मिटिङ्गमा जिल्ला प्रतिनिधिहरुसंग गरिएको अन्र्तवार्तामाा प्रत्यक जिल्लामा बालबालिकाहरुको समस्याहरु पहिचान समेत गरिएको थियोे । बालबालिकाहरुको समस्याहरु धेरै भएता पनि पूर्वी पहाडी जिल्लाहरुमा बाल विवाहको समस्या र पूवी तराई जिल्लाहरुमा बाल विवाह र बाल श्रमको बढि मात्रमा समस्या रहेको र ती समस्याहरु न्यूनिकरण र बालमैत्री प्रदेश बनाउनका लागि अबको दिनमा जनचेतना साथै घरदैलो कार्यक्रम आयोजना गर्ने शैशव मञ्च नेपालका केन्द्रिय अध्यक्ष दिवस कार्कीले जानकारी दिनुभयो ।

0 comments :

Post a Comment

 
Top