-विशाल नेपाल, बेलबारी


यदि सारा भगवानका घर

जुन तारा झैँ आकाशमा भै दिए।

कोही मन्दिर जानू पर्दैन थ्यो

मस्जिद, चर्च, गुम्बा ,जानू पर्दैन थ्यो।

अनि भगवानको घर हेर्न, 

आफ्नो जात हेर्नू पर्देन थ्यो ।


हरेक भगवानको लागि 

छुट्टाछुट्टै घर ,हरेक घरको

छुट्टाछुट्टै नाम,

र हरेक नामलाई धर्मको 

नाम दिनु पर्दैन थ्यो।


कृष्ण अष्टमीको दिन

कृष्ण बनेको बालक,

ईदमा पनि रमाउथ्यो।

त्यही बालक फेरी,

शिवरात्रीमा शिव बन्थ्यो।


नमाज पढ्ने बालकलाई

दशैँमा नरमाइलो लाग्दैन थ्यो।

क्रिसमसमा रमाउने,

होलीमा नि रङ्गिन्थ्यो।


यदि सारा भगवानको घर

आकाशमा भै दिए।

धर्तीमा मान्छे भगवानले

चाहे जस्तै हुने थिए।

पसल झैँ भगवानको 

घर बनाएर,

बजारिकरण गर्नु पर्दैन थ्यो।

0 comments :

Post a Comment

 
Top