रामधुनी, नमुना नगर बाल सञ्जाल रामधुनीको आयोजना र रामधुनी नगरपालिका झुम्का सुनसरीको सहयोगमा नमुना नगर बाल संजाल पदाधिकारीहरुको ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । 

बाल संजाल तथा समुहका बालबालिकाहरुलाई बाल अधिकार र कर्तव्य प्रति सचेत तथा सकृयता बढाउन सहयोग गर्न र बाल समुहहरुको पहिचान र अभिलेख व्यवस्थापन गर्न प्रोत्साहित गर्ने उद्धेश्यले नमुना नगर बाल संजाल पदाधिकारीहरुको ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको हो ।

बिपदमा बाल अधिकारको सुनिस्चिताः हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ पछिल्लो समय बालबालिकाहरुमा घटिरहेका घट्ना तथा त्यसले बालबालिकामा पर्न गएको असरलाई मध्यनजर गर्दै  उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक मौसम राउतले जानकारी दिएका छन् ।

कार्यक्रमको पहिलो दिन बाल अधिकारको अवधारणा, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बाल क्लब लक्ष्य,उद्देश्य सहित यसको औचित्यको बारेमा जानकारी गराउँदै नेतृत्व विकास तथा कानुनी नियमहरु यसको उपलब्धि र बालबालिका माथि भइरहेको दुव्र्यवहार तथा हिंसालाई कसरी अन्त्य गर्न सकिन्छ लगायतका विषयमा छलफल भएको थियो ।


त्यस्तै दोश्रो दिन बाल क्लबको काम कर्तब्य, नगर बाल संजालका पधाधिकारीरुको काम कर्तब्य, नेतृत्व विकास, उदघोष कला, बैठकविधि तथा निर्णय लेखन, सम्भावित जोखिमपूर्वको तयारी लगायतका विषयमा छलफल भएको थियो भने कार्यक्रमको अन्तिम दिन अर्थात तेश्रो दिन कार्यक्रमको समीक्षा गर्दै बालमैत्री स्थानिय शासनको सुचकहरुको बारेमा जानकारी दिइएको थियो ।

त्यसैगरी बाल समुह तथा बाल संजाललाई सकृय रुपमा अगाडि बढाउन कार्ययोजना तयार गरि कार्यन्वयनका लागि रामधुनी नगरपालिकालाई हस्तारतरण गरिएको थियो । बालबालिकको हक अधिकार सुनिश्चितता गदै सक्रिय रुपमा अगाडी बढ्ने र रामधुनी नगरपालिकालाई चाडै बालमैत्री नगर बनाउन लागि परेको नगरपालिकाकी नगर उप प्रमुख सबिना चैधरीले जानकारी  दिइन । साथै पछिल्लो समय बढिरहेको आत्माहत्या, बाल हिंसा तथा बाल विवाहको अवस्थालाई मध्यनजर गर्दै यसको न्युनीकरणको लागि ध्यानाकर्षण पत्र पनि बुझाएको थियो । 

कार्यक्रममा २५ जना बालबालिकाको उपस्थित रहेको थियो । उपस्थित सहभागिले अहिलेको अवस्थामा  देखिएको मुख्य बालबालिकाको समस्याको रुपमा लागुपदार्थ दुरव्यसनी, सामाजिक सञ्जालको दुरुप्रयोग, बाल विवाह र बाल श्रम, शिक्षा र जनचेतनाको कमी, घरेलु हिंसा लगायत रहेको बताएका थिए । साथै यो तालिमले आफ्नो नेतृत्व र क्षमता विकासमा धेरै नै सहयोग पुगेको तालिममा सहभागिहरुले जानकारी दिएका छन् । 

तालिममा बालमैत्री सहजकर्ता, रबिन ठाकुर, कानुनी सल्लाहाकार प्रदिव काफ्ले, बाल क्लब पूर्व सदस्य खगेन्द्र बि.क, बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी र पत्रकार सुनिल चौधरीले  सहजिकरण गर्नु भएको थियो ।

मनन खड्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आथित्यता रहेको थियो । नगर उप प्रमुख सबिना चौधरीे सहित वडाअध्यक्षहरु, बाल क्लब पूव सदस्यहरु, चाईल्ड हेल्प डेक्स, रामधुनीका संयोजक अमन ढुड्गेल र पत्रकारहरुको सहभागिता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top